१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीका सल्लाहकारहरू कोरोना संक्रमणमुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ३ सदस्य कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आफूसहित प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टरार्इ संक्रमणमुक्त भएका हुन् । थापाका अनुसार तीनै जनको सम्पर्कमा आएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको हो ।

यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन् ।

https://www.facebook.com/bishnu.rimal/posts/3539465982782283