१ कार्तिक २०८३, आइतबार

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २३ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयअघि मात्रै मुटुको शल्यक्रिया गराएका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थे ।

पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी दिएका हुन् ।