
काठमाडौँ, २२ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।
यससँगै मृतकको संख्या ५ सय ९० पुगेको छ ।
बिहीबार देशभर थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २ हजार ६ सय ७५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया