
काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा थप २ हजार ५ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ गरी उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
वुधबार उपत्यकामा १ हजार ६ सय ८४ जना संक्रमित थपिएका थिए ।
देशभर बिहीबार थप ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ५ सय ९० जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया