१ कार्तिक २०८३, आइतबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २२ असोज । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिकाका २३ वर्षीय अर्जुन पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०७५ कात्तिक १४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।