
काठमाडौँ, २१ असोज । दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३५ वर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा उपचारको क्रममा वुधवार दिउँसो ३ बजे मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनलाई असोज १८ गते कोरोना पुष्टि भएको थियो । उनलाई त्यही रात भेरी अस्पताल लगिएको थियो ।
स्वास्थ्यमा सुधार नभएपछि उनको वुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलाको फोक्सोमा गम्भीर प्रकृतिको निमुनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोनाबाहेक केही स्वास्थ्य समस्या नभएको बताइएको छ । यससँगै दाङमा ५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।















प्रतिक्रिया