८ कार्तिक २०८३, आइतबार

दुई थान नलकटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २१ असोज । नरैनापुर गाउँपालिका ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका २० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका १९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।