७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकद्वारा १० लाख रुपैयाँ दुर्घटना बीमा रकम भुक्तानी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । एनआईसी एशिया बैंकले अतुलनीय तथा असिमित सुविधा भएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

यस बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवि शमालाई उक्त रकम भुक्तानी गरिएको छ । निजलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले अतुलनीय बीमा सुविधा प्रदान गर्दै आएको छ ।

अतुलनीय फाइदाले भरिपूर्ण यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सक्नुहुनेछ र सो सुविधाबाट ग्राहक महानुभावहरूलाई साच्चिकै फाइदा पुग्ने गरेको छ ।

यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बनेको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहक महानुभावहरूमाझ ल्याउदै आएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू.१ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ र यस्ता योजनाहरूबाट बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको छ ।

साथै न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ ।

यसअन्तर्गत निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत सेवाको फाइदा लिन सक्नुहुनेछ ।

यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।