मुम्बई । बलिउड चलचित्र बजारमा हिरोइन जस्तोसुकै न्युड सिन दिनपनि पछि पर्दैनन् । तर बलिउडका चर्चित हिरो जोन अब्राहमले भने हिरोइनसंग किस गर्न सकेका छैनन् ।
गत बर्ष प्रेमिकासंग वैवाहिक बन्धनमा बाँधिएपछि जोनले हिरोइनलाई किस गर्न अप्ठेरो मानेका छन् । उनले हालै फिल्म ‘वेलकम ब्याक’को लागी हिरोइनसँग लिपलक सीन दिन समेत इन्कार गरेका छन ।
फिल्मको एक रोमान्टिक दृश्यमा हिरोइन श्रुति हसनसँग उनले लिपलक सीन दिनुपर्ने थियो । तर जोनले यसलाई अस्वीकार गरे । उता श्रुति भने उक्त सीनको लागी तयार थिइन ।
फिल्मका निर्देशक अनीस बाजमीले यी दुई पहिलोपटक सँगै काम गरिरहेका र नयाँ जोडीलाई सहज हुन समय लाग्ने औल्याए । तसर्थ उनले पहिले एक गीतको सुटिङ गरिने बताए । गीतमा भने कुनै किसिङ सीन हुनेछैनन ।
विहेपछि पत्निसंगको सम्बन्धले जोन किस सिन दिन डराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि विपाशा बसु संग प्रेम तथा रिलेशनशिपमा रहेका जोनले अर्की प्रेमिकासंग विवाह गरेका थिए ।















प्रतिक्रिया