
काठमाडौँ, २१ असोज । नेपालमा थप गत २४ घण्टामा थप १ हजार १ सय २६ जनाले कोरोना जितेका छन् ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।
योसहित निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
हाल देशभर २५ हजार ७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय ७८ जना पुगेको छ ।















प्रतिक्रिया