२९ आश्विन २०८३, बिहिबार

यस्तो थियो धुर्मुस सन्तुलीको मोबाइल प्रेम कहानी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suntali-and-dhurmusकाठमाडौं । नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृखला मेरी बास्सैका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्लतीको जोडी अहिले चर्चामा छन् ।

उनीहरु वास्वविक जीवनमा पति पत्निको सम्बन्धमा बाधिएका छन् । तर यीनीहरुको प्रेम सम्बन्ध बेला बेला चर्चामा आइरहन्छ । धुर्मुस र सुन्तली प्रेम पश्चाप विहे गरेर एक वर्ष अगाडी छोरीलाई समेत जन्म दिएका छन् ।

बिहे भएको लामो समयपछि धुर्मुस र सुन्तलीले आफ्नो प्रेम प्रसंग बारे रमाइला र रहस्यपुर्ण कुराको खुलासा गरेका छन् । शुक्रबार साप्ताहिकका लागि डिबी खड्कासँग कुराकानी गर्दै धुर्मुसले भनेका छन्, ‘सुन्तलीसँग प्रेम नपर्दै मोबाइल उपहार दिएको थिएँ ।’ धुर्मुस उर्फ सितारामा पन्ध्र हजार पारिश्रमीकमा कतार कार्यक्रममा गएका रहेछन् ।

सोही पारिश्रमीक रकमको पाँच हजारले प्रेमिका भैनसकेकी सुन्तली उर्फ कुञ्जनालाई मोबाइल उपहार ल्याइदिएको सितारामले खुलाएका हुन् । कुञ्जनाले शुक्रबार सँगको अन्तवार्तामा भनेकी छन्, ‘बटौलीको बस भन्ने गीतको भिडियो सुटिङका लागि जाँदा मोबाइल हराएको थियो । कमाइ नै राम्रो नभएको बेला मोबाइल हराउँदा दिनभरि तनावमा रहें ।

उहाँले सम्झाउनु हुन्थ्यो तर मनले मान्थेन । केही समयपछि उहाँ विदेश कार्यक्रममा गएर मलाई मोबाइल ल्याइदिनुभयो । त्यो बेला लभ परिसकेको थिएन ।’ त्यस्तै सितारामले टेलिफिल्म ‘लौन सतायो’ मा कुञ्जना कलाकार र आफु प्रोडक्सन कन्ट्रोलर भएको समेत खुलाएका छन् ।

त्यसपछि मोबाइलकै कारण प्रेम बसेको धुर्मुसले खुलाए । राति राति सुत्ने बेला सुन्तलीलाई फोन गर्थे । कस्तो छ भनी हालखबर बुझ्थे । त्यसरी नै मोबाइलले सम्बन्ध बढाएको थियो धुर्मुस सुन्तलीको । यसरी नजिक भएका यो जोडी केही वर्षअघि मात्रै विवाह बन्धनमा वाधिएको थियो ।