७ कार्तिक २०८३, शनिबार

अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र आइएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक संदिप अग्रवालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका दोस्त मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्तगर्न सक्नेछन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्राण्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एलसीभी सेग्मेन्टअन्तर्गत दोस्त मोडेल (पीक अप, कन्टेनर, रेफ्रिजिरेसन भ्यान) का सवारी साधनहरू विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।