२९ आश्विन २०८३, बिहिबार

होस्टेलमा विद्यार्थी र शिक्षकले रोमान्स गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hostel-returnsकाठमाडौं । कलेजको होस्टेलमा विद्यार्थी र शिक्षकको रोमान्स कस्तो हुन्छ ? तपाई सहजै अनुमान लगाउन सक्नुहुनछ । होस्टलमा विद्यार्थीले शिक्षकले गरेको रोमान्स हेर्न समेत पाउनुहुनेछ ।

सुनिल रावलद्धारा दुर्गिश ब्यानरमा निर्मित चलचित्र ‘होस्टेल रिटन्र्स’ मा विद्यार्थीदेखि शिक्षकसम्मको रोमान्स हेर्न पाउनुहुनेछ ।

शिक्षक र विद्यार्थीले रोमान्स गरेको गीत ‘मुसुक्क हाँस्ने तिम्रो बानीले’ सार्वजनिक भएको छ । गीतमा नव कलाकार सहित निर्माता सुनिल रावल र नायिका दीया मास्के सम्मको रोमान्सलाई देख्न सकिन्छ ।

सुनिल र दीयासँगै सार्वजनिक गीतको भिडियोमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतमा स्वप्निल शर्माको स्वर, संगीत एवं शब्द छ । स्वरमा स्वप्निललाई श्रेया सोताङले साथ दिएकी छन् । कोरियोग्राफी गोविन्द राईको छ ।

हरी हुँमागाईले खिचेको दृश्य सुन्दर लाग्छ । इञ्जिनियर पढ्न होस्टेल बस्ने विद्यार्थीको विषय वस्तुमा आधारित रहेर निर्माण भएको फिल्म ‘होस्टेल रिटन्र्स’ लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।

वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘होस्टेल रिटन्र्स’ गतवर्ष प्रदर्शनमा सफल चलचित्र ‘होस्टेल’ को सिक्वेल हो ।
गीतमा रोमान्स गरेको भिडियो हेर्न यहाँ क्लिक गनुहोस् ।