७ कार्तिक २०८३, शनिबार

बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ असोज । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।