झापा, १९ असोज । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका २ फार्साङबारी बस्ने ४० वर्षीय राजु कर्मकारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई राजुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया