८ कार्तिक २०८३, आइतबार

विभिन्न स्थानबाट एकैदिन २४ फरार प्रतिवादी पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तनहुँ, १९ असोज । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २४ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

जसमध्ये जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला अदालत तनहुँको २०४९ मंसिर ८ गतेको फैसलाले २ बर्ष ८ महिना २२ दिन कैद सजाय भई फरार रहेका देवघाट गाउँपालिका ३ घर बन्दिपुर गाउँपालिका २ बस्ने ६१ वर्षीय खड्क बहादुर दमै, लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङको २०६८ पुस २५ गतेको फैसलाले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भई फरार रहेका तनहुँ भानु नगरपालिका ६ बस्ने प्रभात भन्ने प्रभु ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, सवारी ज्यान मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार १ जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार ७ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, केही सार्वजनिक अपराध मुद्दामा फरार ५ जना, दर्ता बदर सार्बजनिक गरीपाउ मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सवैजनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।