
वाशिङ्टन, १९ असोज । कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका बेला ट्वीटरमा भिडियो पोष्ट गर्दै उनले आफ्नो स्वास्थ्यमा सुधार भएको महशुस गरेको बताएका छन् ।
डाक्टरले पनि ट्रम्पको स्वास्थ्य राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको जनाएका छन् । भिडियोमा ट्रम्पले वाशिङ्टनमा रहेको द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिएका छन् ।
आफू चुनाव प्रचारप्रसारमा फर्किन चाहेको बताउँदै ट्रम्पलेृआफू चाँडै निको भएर फर्किने विश्वास दिलाएका छन् ।
३ नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी छ ।















प्रतिक्रिया