
काठमाडौँ, १८ असोज । नेपालमा गत २४ घण्टामा थप १ हजार ३ सय २९ जनाले कोरोना जितेका छन् ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २९ जना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।
योसहित निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कूल संक्रमितमध्ये ७३ प्रतिशत भन्दा बढी हो ।
त्यस्तै, गत २५ घण्टामा थप २ हजार २ सय ५३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।
हाल देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय ३५ जना पुगेको छ ।















प्रतिक्रिया