१ कार्तिक २०८३, आइतबार

नेकपा सचिवालय बैठक स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । आज अपराह्न ४ बजेका लागि तय भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण बैठक स्थगित भएको हो । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार,सचिवालय र सुरक्षा टोलीका सदस्यसहित ७० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमणकै कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाट स्थगित गरेका छन् ।

आजको सचिवालय बैठकमा सांगठनिक एकताको विषय र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको थियो ।