१ कार्तिक २०८३, आइतबार

प्रदेश ५ को नाममा राष्ट्रिय जनमोर्चाले जनायो समर्थन, राजधानीबारे के भन्यो ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । राष्ट्रिय जनमोर्चाले प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रदेश मन्त्रिमण्डलको प्रस्तावलाई समर्थन जनाएको छ ।

तर, प्रदेशको राजधानी भालुवाङ राख्ने बारेमा भने पार्टीले फरक मत राखेको छ । नाम र राजधानी तोकिन बाँकी प्रदेशहरुमा अधिकारसम्पन्न विज्ञहरु सम्मिलित आयोग बनाउनुपर्ने पार्टीको पुरानै अडान दोहोर्याएको छ ।

‘हामीले पहिलदेखि नै प्रदेशको नाम र राजधानीको विषयमा अधिकार सम्पन्न विज्ञहरुको आयोग बनाई त्यस आयोगको सिफारिस अनुसार गर्नुपर्छ भनेका छौँ । अन्य प्रदेशहरुको हकमा पनि हाम्रो त्यही नीति छ,’ आइतबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टीले भनेको छ, ‘प्रदेश ५ ले अन्यथा तरिकाले निर्णय गर्दा त्यहाँ विवाद उत्पन्न भएको छ । अहिले पनि हामीले अधिकार सम्पन्न आयोग बनाई राजधानी ठेगान गर्ने कुरामा जोड दिन्छौँ ।’