
काठमाडौं, १८ असोज । संगीतकर्मी नारायण रायामाझीले चर्चित गीत ‘नमुछे आमा दहीमा टीका’ पुनः रेकर्डिङ गराएका छन् । रिमा रेकर्डिङमार्फत रि–रेकर्डिङ गरेर उनले दशैंको पूर्वसन्ध्यामा गीत सार्वजनिक गरेका हुन् ।
गीतको म्युजिक भिडियो भने आगामी शुक्रबार सार्वजनिक गरिने भएको छ । यसअघि २०५५ र २०५८ सालमा कृष्णभक्त राई र नारायण रायामाझीको स्वरमा रेकर्ड भएको गीत अहिले रायामाझी आफैं र रचना रिमालले गाएका छन् । गीत लक्ष्मण रायामाझीले लेखेका हुन् ।
हालैमात्र रायामाझीले स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि’ रचना रिमाल र प्रविन बेडवालको स्वरमा रि–रेकर्डिङ गराएका थिए ।
भिडियो : नमुछे आमा दहीमा टीका
भिडियो : उनको प्रीति















प्रतिक्रिया