१ कार्तिक २०८३, आइतबार

सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि दशैंअघिसम्म इजलास प्रभावित हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम प्रभावित भएको छ ।

न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि दैनिक ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ ।

आज बन्दी प्रत्यक्षीकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन । कोरोना सङ्क्रमण पुष्टि भएका न्यायाधीशसहित अरु कर्मचारी आ–आफ्नो घरमै आइसोलेसनमा बसेका बताइएको छ ।