१ कार्तिक २०८३, आइतबार

कोरोना नियन्त्रणमा सरकारको काम भरोसायोग्य छैन : अध्यक्ष राणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोरोना संक्रमणको दर अचाक्ली बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

कोरोना संक्रमणसँगै जताततै संकट र चिन्ता देखिए पनि सरकारको कुनै तयारी नदेखिएको भन्दै अध्यक्ष राणाले सरकारको आलोचना गरेका छन् । महामारी विरुद्ध प्रभावकारी कार्यक्रम दिन सरकारलाई केले छेक्यो भन्दै प्रश्न गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जताततै संकट र चिन्ता व्यक्त भइरहेको छ । यत्रो विपतबीच महामारीविरुद्ध लड्न सरकार के तयारी गरिरहेको छ ?’

सरकारप्रति कटाक्ष गर्दै राणाले प्रश्न गरे, ‘जनता ढुक्क रहने, लोकले भरोसा गर्ने प्रभावकारी कार्यक्रम ल्याउन, हेलो सरकार केले छेकेको छ ?’