
काठमाडौँ, १७ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६७ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बालुवाटार स्रोतका अनुसार नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १९ जना, सशस्त्र प्रहरीको १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ जनामा संक्रमण पुष्टि भएको छ ।
अझै ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । त्यस्तै, हालसम्म प्रधानमन्त्रीको पहिलो घेरामा खटिने सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छैन ।
शनिबार प्रधानमन्त्रीका ३ जना सल्लाहकार र स्वकीय सचिवलाई पनि संक्रमण पुष्टि भएको छ ।
नजिकैकाहरुमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेका छन् ।















प्रतिक्रिया