८ कार्तिक २०८३, आइतबार

अवैध रुपमा भण्डार गरी राखेको ३ लाख २५ हजार किलो केराउ बरामद

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

पर्सा, १७ असोज । वीरगञ्ज महानगरपालिका १६ स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्को नाममा घर भाडामा लिई अवैध रुपमा भण्डार गरी राखेको ३ लाख २५ हजार किलो केराउ वुधबार प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा ललितपुर, ललितपुर महानगरपालिका ३ बस्ने २९ वर्षीय वेदान्त जंग राणाले ट्रेडिङ्को नाममा घर भाडामा लिई अवैध रुपमा राजश्व छली केराउ भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त परिमाणको केराउ फेला पारी बरामद गरेको हो ।

बरामद केराउ आवश्यक कारवाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।