८ कार्तिक २०८३, आइतबार

कांग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनामा कोरोना पुष्टि

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका काँग्रेस पार्टी कार्यालय स्रोतले जनाएको छ ।

१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।

चालक तथा पार्टी कार्यालयका कर्मचारीहरु सबैका परीक्षण गरिएको स्रोतले जनाएको छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने स्वाब संकलन गरिएको थिएन ।