
काठामाडौँ, १७ असोज । कोरोना संक्रमण दर उच्च भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ नआउन आग्रह गरेको छ ।
देशभर संक्रमण भएकामध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै रहेका छन् ।
उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।















प्रतिक्रिया