
काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका फोटो पत्रकार राजन काफ्लेलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै प्रधानमन्त्री सचिवालयका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको थियो ।















प्रतिक्रिया