
काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनका निकट सल्लाहकारहरुमा संक्रमण देखिएसँगै प्रधानमन्त्री ओलीको स्वास्थ्यका विषयमा चासो बढेको छ ।
बिहीबार संकलन गरिएको प्रधानमन्त्रीको स्वाबको रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना पुष्टि भएसँगै प्रधानमन्त्रीलगायतको परीक्षण गरिएको थियो ।
जसमा मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार र स्वकीय सचिवको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै, एक दर्जन बढी सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।
करिब १ सय ५० जनाको स्वाब परीक्षण गरिएको थियो ।















प्रतिक्रिया