
काठमाडौँ, १७ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी उपत्यकामा १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
शुक्रबार उपत्यकामा १ हजार ६ सय ३८ जना संक्रमित थपिएका थिए ।
देशभर शनिबार थप २ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया