
काठमाडौँ, १७ असोज । नेपालमा थप २ हजार १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार ४४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।
हाल देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ५ सय २८ जना पुगेको छ ।















प्रतिक्रिया