१ कार्तिक २०८३, आइतबार

शनिबार ८ जना विदेशीसहित १ हजार ३४८ जना नेपाल आइपुगे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १७ असोज । शनिबार १ हजार ३४० जना नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न परिस्थिथिका कारण अलपत्र परेका र नेपाल आउनै पर्ने नेपालीहरु शनिबार विभिन्न देशबाट भएको ११ वटा उडानमार्फत नेपाल आएका हुन् । शनिबार नेपाल आउनेमा ८ जना विदेशी नागरिक छन् भने २ जना नेपालीको शव पनि नेपाल ल्याइएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले जानकारी दिएको छ ।

आज नेपालका लागि दोहाबाट भएको उडानमार्फत २२८ जना, सार्जाबाट ६० जना, दुबईबाट २५३ जना, क्वालालम्पुरबाट ३७० जना, हङकङबाट ९ जना र दोहाबाट १२० जना नेपाल आएका हुन् । यस्तै दमामबाट १७५ जना, दोहाबाट १२५ जना र चीनबाट ८ जना नेपाल फर्किएका छन् ।

त्यसमध्ये दोहा र चीनबाट ४÷४ जना विदेशी नागरिक नेपाल आएका छन् । यस्तै दमामबाट २ जना नेपालीको शव स्वदेश ल्याइएको सीसीएमसीले बताएको छ ।

आज मलेसियाको क्वालालम्पुरबाट नेपालका लागि ३ वटा उडान भयो भने उल्लेखित अन्य देशबाट १÷१ वटा उडान भएका छन् । यो तथ्यांक शनिबार दिउँसो ३ः४५ बजेसम्मको भएको सीसीएमसीले स्पष्ट पारेको छ ।

नेपाल भित्रिएका सबैलाई प्रदेशगत आधारमा नेपाली सेनाको व्यवस्थापनमा रहेका काठमाडौंका विभिन्न होल्डिङ सेन्टरहरुमा लगिएको बताइएको छ ।

लकडाउन शुरु भएयता हालसम्म विदेशमा अलपत्र परेका ९० हजार ८३१ जना नेपाल आएको सीसीएमसीले बताएको छ ।