७ कार्तिक २०८३, शनिबार

प्रदेश ५ को राजधानी दाङमा बनाउने प्रस्तावविरुद्ध रुपन्देही कांग्रेसले प्रदेशसभा घेराउ गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । प्रदेश ५ को राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ ।

बुटवलमा शनिबार बसेको कांग्रेसको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । असोज १९ गते बुटवल जाऔँ, राजधानी जोगाऔँ, नाराका साथ प्रदेशसभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव लगेको छ । त्यसमाथि १९ गते छलफल गर्ने तयारी रहेको छ ।

कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल लगेर सांसदहरुलाई प्रदेशसभा बैठकमा जान नदिने रणनीति अपनाएको जनाइएको छ ।