८ कार्तिक २०८३, आइतबार

नेकपा प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी देउखुरीको पक्षमा मतदान गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । सत्तारुढ नेकपा प्रदेश ५ को संसदीय दलले प्रदेशसभामा शुक्रबार पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

दलको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रदेशको राजधानी दाङको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेको छ । संसदीय दलको बैठकले सरकारको प्रस्तावको पक्षको मतमा मतदान गर्ने निर्णय गरेको हो ।

यद्यपि संसदीय दलका केही नेताहरुले प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताएका छन् । यद्यपि दलले प्रदेश सरकारको प्रस्तावलाई नै समर्थन गर्ने भएको हो ।

प्रस्ताव पारित हुन दुई तिहाईको मतदान आवश्यक हुन्छ । ८७ मध्ये ६१ जना संसद नेकपाका छन् ।