
काठमाडौं, १७ असोज । १३ वर्षअघिको रौतहट हत्याकाण्डका फरार आरोपी पक्राउ परेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका ४ बस्ने मोति सहनीका छोरा ५५ वर्षीय बद्री सहनी पक्राउ परेका हुन् । उनलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले शुक्रबार रौतहटको बौधीमाई ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो ।
२०६४ चैत २८ गते हुने संविधानसभा चुनावलाई लक्षित गरी बम बनाउने क्रममा बिस्फोट हुँदा स्थानीय नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रताप सिंह राजपुतसहित करिब १६ जना घाइत हुनाका साथै ३ जनाको मृत्यु भएको थियो । त्यसपछि मृतक तथा घाइतेहरुलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाइएको थियो ।
शुक्रबार पक्राउ परेका सहनी सोही इँटाभट्टाका हेडमिस्त्री रहेको बताइएको छ । सहनीले कांग्रेस नेता मोहम्मद आफ्ताव आलमकै निर्देशनबमोजिम घाइते तथा मृतकलाई आगोमा हालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया