
दाङ, १७ असोज । जिल्ला प्रहरी कार्यालय दाङले एक खाजा घरको कोठाबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्लाको राप्ती गाउँपालिका–५ सिसहनिया बजारस्थित दर्शन खाजा घरको कोठामा जुवा खेलिरहेका १० जनालाई २ लाख ६० हजार नगदसहित प्रहरीले रंगेहात पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका–७ का ३७ वर्षीय दीपेन्द्र विक्रम शाह र २९ वर्षीय मोहन गाह मगर, रोप्लाको सुनिलस्मृति गाउँपालिका–७ का २८ वर्षीय नारायण रोका मगर छन् ।
यस्तै दाङकै राप्ती गाउँपालिका–२ का ३० वर्षीय विक्रम राना, सोही ठेगानाका ३० वर्षीय श्याम गुरुङ, २८ वर्षीय बसन्त बेलवासे, ३० वर्षीय लक्ष्मण गिरी र छोटेलाल चौधरी, ४५ वर्षीय बेलसिंह भैयामगर र ३८ वर्षीय युवाराज बुढा छन् ।
उनीहरुको साथबाट प्रहरीले नगद र ४६ गड्डी तास बरामद गरेको बताएको छ ।















प्रतिक्रिया