१ कार्तिक २०८३, आइतबार

बहराइनका राजकुमारद्वारा लोबुचे हिमाल आरोहण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : सेभेन समिट ट्रेकको ट्विटर

काठमाडौं, १७ असोज । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

सोलुखुम्बुस्थित उक्त हिमालको उचाइ ६ हजार ११९ मिटर छ । राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

ट्रेकले खलिफासहितको टोलीका लागि आरोहणको व्यवस्थापन गरेको थियो । उनको अरोहण यो सिजनको पहिलो भएको पनि बताइएको छ ।

हिमाल आरोहण गर्न भनेर खालिफाको टोली भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।

लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए । उनको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।