१ कार्तिक २०८३, आइतबार

प्रदेश ५ को राजधानी बुटवलमै हुनु पर्ने राप्रपाको माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्ने बताएको छ ।

दाङको भालुवाङमा प्रदेश राजधानी राख्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीको रुपन्देही जिल्ला कार्यसमितिले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी प्रदेश ५ को राजधानी दाङमा सार्नु अव्यवहारिक हुने बताएको हो ।

नेकपा नेतृत्वको सरकारले जनभावनाविपरीत प्रदेश राजधानी सिफारिस गरेको भन्दै राप्रपाले प्रदेश राजधानी बुटवलमै हुनु पर्ने माग राखेको छ ।

राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाद्वारा जारी उक्त विज्ञप्तिमा २०७४ माघ ३ गते राप्रपाका वरिष्ठ नेता तथा तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहोरासहित तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भौतिक पूर्वाधारका हिसाबले सम्पन्न बुुटवललाई प्रदेश अस्थायी मुकाम तोकेको उल्लेख छ ।

विशेष आर्थिक क्षेत्र (सेज), अन्तर्राष्ट्रिय विमानस्थल, अन्तराष्ट्रिय सीमा नाका, मेडिकल कलेज, विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलगायतका संरचना भएका कारण रुपन्देही प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त रहेको ठहर गर्दै राप्रपाले प्रदेश राजधानीसम्बन्धी निर्णय नसच्याए यसबाट उत्पन्न परिस्थितिको जवाफदेही स्वयं प्रदेश सरकार हुने चेतावनी दिएको छ ।