१ कार्तिक २०८३, आइतबार

देवकी राउटेको मोडलिङमा ‘मदानी’को म्यूजिक भिडियो (भिडियोसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । लोपोन्मुख जाती राउटे समुदायकी देवीका राउटे अभिनयको क्षेत्रमा पहिलोपटक मोडलिङमा प्रवेश गरेकी छिन् ।

गायिका टिका पुन र गायक नवीन पौडेलको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मदानी’ डीबी क्रियशन मार्फत सार्वजनिक भएको छ ।

युवायुवतीबीचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । पहिलोपटक राउटे समुदायकी मोडल देविका राउटेको अभिनय तथा विशेष प्रस्तुती रहेकाले पनि आम रुपमा दर्शक तथा स्रोतले मन पराउनेमा आफू आशावादी रहेको गीतका सर्जक देव बोहराले बताए ।

देव बोहराको शब्द तथा भेग श्रीपालीको लय सृजना गीतमा छ । अमित विश्वकर्माको छायाँकन, अनुप विश्वकर्माको सम्पादन तथा दिपक साउदको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ‘मदानी’ गीतको भिडियोमा देवकी राउटे र लोकेश कुवंरको अभिनय छ ।

हेर्नुहोस् भिडियो–