१ कार्तिक २०८३, आइतबार

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १७ असोज । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ८४२ पुगेको हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या ९ लाख ४४ हजार ९९६ छ ।

हालसम्म ५४ लाख २७ हजार ७०७ जना निको भइसकेका छन् ।