१ कार्तिक २०८३, आइतबार

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्र्याकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो ।

दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

६ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलबाट गएराति नै उद्दार गरेका घाइते मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि चालक निशान राई र सहचालक विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।