२८ आश्विन २०८३, बुधबार

गर्भवती हुँदा यि खानेकुरामा ध्यान दिनुहोस् !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pregnancy

काठमाडौं । महिलाहरुका लागि गर्भावस्था अत्यन्त समवेदनशील अवस्था हो । यो बेला महिलाले खानपिन संगै स्वास्थ्यमा पनि ख्याल गर्नुपर्छ । विशेषगरी महिलाको हरेक कुरा बच्चासंग जोडिएका हुनाले सर्तक हुनुपर्छ ।

यस्तो महिलाले पोषणयुक्त खाद्य पदार्थहरु खाने गर्नुपर्दछ । मुख्यतया पाँच प्रकारका खाद्यपदार्थहरु सन्तुलित मात्रामा खाएमा गर्भवती महिला संगै जन्मने शिशुलाई समेत स्वस्थ राख्छ ।

चिनी शरीरमा ऊर्जा उत्पन्न गर्न जरूरी खाद्य पदार्थ हो । तर यसको धेरै सेवन गरेमा शरीरमा ग्लूकोजको मात्रा बढाउन सक्छ । जसले आमालाई डायबिटीज र शिशुको मुखमा समस्या देखिने गर्छ ।

गर्भवती भएका बेला धेरै मात्रामा नुन खानु आमाको पेटमा रहेको बच्चाको मृगौला (किड्नी)मा समस्या ल्याउने गर्दछ । आमालाई पाठेघरसम्बन्धी रोगहरु उत्पन्न गराउछ । नुनको कम प्रयोग गर्नुपनि गर्भवस्थामा हानिकारक हुन्छ । त्यसैले ठिक मात्रामा नुनको प्रयोग गर्नुपर्छ ।

गर्भावस्थामा महिलाले दुध पिउँदा प्रशोधन नगरेको दुध पिउनु हुँदैन् । प्रशोधन नगरेको दुध पिउदा रोगको किटाणुले संक्रमण गर्ने हुँदा बच्चालाई हानी पुर्‍याउँछ । त्यसैले आगोमा नउमालेको दुध बच्चा र आमालाई खुवाउनु हुँदैन् ।

चामल धेरै खानु पनि गर्भवती महिलाका लागि हानिकारक हो । चामलमा ग्लाइकेमिक इंडेक्सको मात्रा धेरै हुन्छ । जसले चिनीको मात्रालाई बढाएको हुन्छ । जसले हानी पुर्‍याउँछ ।

मैदा प्रयोग भएको खाद्यपदार्थ पनि गर्भवतीका लागि हानिकारक हुन्छ । जसले महिलाको तौल बढाउँछ । पाचन प्रणालीमा समेत असर गर्छ । एजेन्सीको सहयोगमा