
काठमाडौँ, १६ असोज । चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार मृत्यु हुनेमा एक जना चितवन भरतपुरका हुन् भने अर्का मकवानपुर हेटौंडाका रहेका छन् ।
भरतपुर महानगरपालिका ११ की ७६ वर्षीया महिलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी उनलाई असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
आकस्मिक कक्षमा उपचाररत उनको शुक्रबार पौने १२ बजे मृत्यु भएको हो ।
त्यस्तै, भरतपुर अस्पतालमा हेटौँडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो ।
बिहीबार संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो ।















प्रतिक्रिया