८ कार्तिक २०८३, आइतबार

खोलामा बगेर बाजुरामा एकै घरका ५ जना बेपत्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । बाजुरामा एकै घरका ५ जना खोलाले बगाएर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको बताए ।

३० वर्षीया महिलासहित ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता भएको उनले ठगुन्नाले जानकारी दिए ।

उनीहरु नुहाउने क्रममा दिउँसो ३ बजे बेपत्ता भएका बताइएको छ ।

अहिले उनीहरुको खोजीका लागि प्रहरी टोली घटनास्थलमा गएको छ । प्रहरीका अनुसार ति महिला घरबाट रिसाएर हिँडेकी थिइन् ।