३ कार्तिक २०८३, मंगलबार

अमेरिकाबाट बिदेशमा बस्ने नेपालीको मर्म बोकेको दशैँ तिहार गीतको भिडियो सार्वजनिक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाबाट विदेशमा बस्ने नेपालीको मर्म बोकेको दशैँ तिहार गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा वेलडन क्रिएशनले बोस्टनको श्री ईन्टरनेशनलको लागी बिदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर दशै तिहार गीतको भिडीयो आजबाट सार्वजनिक भएको छ ।

यस गीतका रचनाकार चीनमा बस्ने एनआरएन तथा ब्यापारी नबिन बिक हुन । बाल्टीमोरको वेलडन क्रिएशन डाईरेक्टर शंकर घिमेरे र नायिका रिचा घिमिरेले संयुक्त रुपमा संचालन गरेका हुन् ।

यस कम्पनि मार्फत नायिका रिचा घिमिरे बिदेशमा बस्ने सफल महिलाहरुको सफलता र संघर्षको बारेमा पोडकास्टमा रेडीयो कार्यक्रम ” ईनकमर” चलाउछिन् ।

निर्देशक शंकर घिमिरेले निर्देशन गरेको उक्त दशै गीतमा नेपाली सिनेक्षेत्र तथा संगीत क्षेत्रका हस्तीहरुले संयुक्त रुपमा अभिनय गरेका छन् । यो गीतको छायांकन ९०५ अमेरीकाको बाल्टिमोरमा गरीएको हो । सम्भवत धेरै कलाकारलाई एकसाथ लिएर विदेशमा छायांकन गरीएको पहिलो हो ।

यस भिडियोमा प्रेमराजा महत,भगवान भन्डारी, राजु लामा,सुधांशु जोशी, रिचा घिमिरे, पुजा चन्द, सारंगा श्रेष्ठ, नवीन बिक ,निर्मला भण्डारी,बाबूराम ढ़काल, प्रतिछा ढ़काल, श्रीप्रकाश लामिछाने,लोकेंद्र गुरुंग,हरी गैरे लगाएतका अन्य कलाकारहरुले संयुक्त रुपमा आफ्नो प्रस्तुति दिएका छन् ।

यस गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत दिएका छन भने राज सिग्देल र समिक्षा अधिकारीले स्वर दिएका छन् ।

छायाकार बिक्रांत मान श्रेष्ठ, नृत्य नवीन केसी लुना श्रेष्ठले दिएका छन् । नेपालमा किशोर चौधरी, शृंगार अप्सरा विविध कारणले कलाकारिताको क्षेत्रमा लामो बिश्राम लिए पनि आफ्नो मन सधै कलाकारिताकै क्षेत्रमै भएको कुरा निर्देशक शंकर घिमिरे घिमेरेले बताए ।

यो कोभिड १९ को बेलामा पनि सक्ने सुरक्षित विधि अपनाई छायांकन गरीएको छ ।

विदेशमा बस्ने नेपालीको मर्म बोकेको गीत साह्रै मन परेको र आफ्नो गीत बाहेक अरुको गीतमा पहिलो चोटी आफुले अभिनय गरेको बरिष्ठ गायककार प्रेमराजा महतले बताए । यो गीत को छायांकन नेपालको चितवनमा पनि भएको छ ।