७ कार्तिक २०८३, शनिबार

एकैदिन ३३ सय ७ जनाले जिते कोरोना, निको हुनेको संख्या ६० हजार ७ सय पुग्यो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । नेपालमा गत २४ घण्टामा थप ३ हजार ३ सय ७ जनाले कोरोना जितेका छन् ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

यो हालसम्मकै एकै दिनमा निको हुनेमध्ये उच्च संख्या हो ।

देशभर आज थप २ हजार ७ सय २२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

हाल देशभर २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ५ सय २० जना पुगेको छ ।