७ कार्तिक २०८३, शनिबार

काठमाडौँमा १२८० सहित उपत्यकामा थपिए १६३८ कोरोना संक्रमित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार २ सय ८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ गरी उपत्यकामा १ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

बिहीबार उपत्यकामा ९ सय ४३ जना संक्रमित थपिएका थिए ।

देशभर शुक्रबार थप २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ५ सय २० जनाको मृत्यु भइसकेको छ ।