३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियामा ‘ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी’ दर्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रोलिया, १६ असोज । अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रवद्र्धन गर्दै सामाजिक सुरक्षालगायत क्षेत्रमा काम गर्नेगरी अष्ट्रेलियामा ‘ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी’ गठन भइ दर्ता गरिएको छ ।

वरिष्ट वैज्ञानिक डा. सन्तोष पाण्डेको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिसहितको ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता गरिएको बताइएको छ ।

कार्यसमितिको उपाध्यक्षमा इन्जिनीयर जीतेन गुरुङ, सचिवमा कुन्दन जोशी र कोषाध्यक्षमा श्रीमती उपासना अमात्य चुनिएका छन् । यस्तै सदस्यहरुमा श्रीमती निनु पुन मगर, लक्ष्मी अधिकारी र इन्जिनीयर कविता ज्ञवाली छन ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा नेपाललाई अझ बढी चिनाउन र नेपालीहरुकाबीच ‘जिउँदोको जन्ती मर्दाको मलामी’ भाव विकास गर्दै समाजमा देखा पर्ने विभिन्न चुनौतीहरुका बीच सदस्यहरुलाई सुरक्षित महसूस गराउँदै ग्रेटर जिलोङ र वारवनको दक्षिण पश्चिममा रहने नेपालीकाबीच अनेकतामा एकताको महसुश गराउने कमिटीको उद्देश्य छ ।

यसअघि गठन भएको नेपाली संस्था ‘जिलोङ नेप्लीज एसोशियसन’माथि विश्वसनीयता नभएको, अपारदर्शी, मनपरीतन्त्र, संस्थाका सदस्यहरुको बारेमा झुटा अफवाह फैल्याएर जथाभावी किसिमले चरित्रहत्या गर्ने, सामुदायिकभन्दा व्यक्तिगत उद्देश्यमा केन्द्रित भएको, नेपाली समुदायलाई एकताबद्ध गर्नुको सट्टा बिभाजित गरेको, समुदायका सदस्यहरुलाई त्रासपूर्ण बातावरणमा बस्न पर्ने बनाएको, नेतृत्वमा रहेको ब्यक्तिहरुबाट समुदायका सदस्यहरुले निरन्तर रुपमा अनादरपूर्ण व्यबहार सामना गर्न परेको, गलत नियतका साथ समुदायका झुटा कुराहरु अनाबश्यक किसिमले बाहिर लगेर नेपाली समुदायलाई नै कलंकित बनाउने काम गरेको भन्दै नयाँ कमिटी गठन गरिएको हो ।