मुम्बई । २०१२ को क्रिकेट स्टेडियममा गालिगलौज गरेको आरोपमा बलिउड किङ्ग अभिनेता शाहरुख खानलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।
भारतमा प्रत्येक वर्ष हुने आइपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत २०१२ को अन्तिम खेलमा शाहरुख खानले मदिरा सेवन गरी रंगशालामा प्रवेश गर्न नदिएको भन्दै गार्डलाई गालिगलौज गरेका थिए ।
गालिगलौजविरुद्ध परेको मुद्दामा मुम्बई प्रहरीले शाहरुख विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । यदी शाहरुख दोषी प्रमाणित भए प्रहरीले पक्राउ गरी केही दिन हिरासतमा राख्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शाहरुखले आफ्ुनै छोराका अगाडी मदिरा खाएर आइपीएल वमण्डर मच्चाएका थिए । मुद्दा दर्ता प्रक्रिया सुरु भइसकेको मुम्बई प्रहरीले जनाएको छ ।
अहिले शाहरुख खान चलचित्र फैन को शुटिङमा व्यस्त छन् । घटनापछि आइसिसीले शाहरुखलाई क्रिकेट स्टेडियममा पाँच वर्षसम्म पाइला टेक्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । यसले शाहरुखको करियरमा दब्बा लाग्ने विश्लेषण गरिएको छ ।















प्रतिक्रिया