७ कार्तिक २०८३, शनिबार

कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । कोरोनाभाइरस संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु भएको छ ।

अस्पतलका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको हो ।

सापकोटा २ सातादेखि भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थिए । उनको बिहीबार करिब ३ बजे मृत्यु भएको हो ।

प्रदेश अस्पतालका अनुसार उनमा मधुमेह तथा उच्च रक्तचाप पनि रहेको थियो । उनलाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो ।

डा. सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।

यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।